पछिल्लो २४ मा भारतमा कोरोना संक्रमणको कारण १६२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएको र १० जनाको मृत्यु भएका छन् । भारतमा कोरोना (कोभिड–१९) शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बारसम्म देशभर १८ करोड ८५ लाख ६६ हजारको हाराहारीमा नमूना परीक्षण गरीएको छ।

मङ्गलबार एकै दिनमा मात्र सात लाख ६४ हजार १२० जनाको कोरोना परीक्षण गरेको जनाइएको छ । साथै, भारतमा गत शनिबारदेखि कोरोना भाइरसको विरुद्धको खोप पनि शुरु भएको छ ।

" /> भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाखभन्दा बढी - Sarbocha Media

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाखभन्दा बढी

`

     २०७७ माघ ०७ गते १०:०४

एजेन्सी, ७ माघ । भारतमा कोरोना भाइरस संक्रमणको संख्या एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ ।

गत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५ लाख ९५ हजार ६६० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिए ।

पछिल्लो २४ मा भारतमा कोरोना संक्रमणको कारण १६२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजार भन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय संक्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएको र १० जनाको मृत्यु भएका छन् । भारतमा कोरोना (कोभिड–१९) शुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बारसम्म देशभर १८ करोड ८५ लाख ६६ हजारको हाराहारीमा नमूना परीक्षण गरीएको छ।

मङ्गलबार एकै दिनमा मात्र सात लाख ६४ हजार १२० जनाको कोरोना परीक्षण गरेको जनाइएको छ । साथै, भारतमा गत शनिबारदेखि कोरोना भाइरसको विरुद्धको खोप पनि शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?