काठमाडौँ, ५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै, अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४ संक्रमितको संख्या पुगेका छन्।
योसँगै, पछिल्लो २४ घण्टामा ३ सय ७४ जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । साथै, निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेका छन् । देशभरि सक्रिय संक्रमितको संख्या भने ३८६१ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख १६ हजार ७ सय ५८ परीक्षणहरु गरिएका छन् ।
अहिलेसम्म क्वारेन्टाइनमा २ सय २१ जना रहेका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६५ जना पुगेका छन् ।




