उनलाई गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा चिन्ने गरिन्छ । उनी रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका नेपालको पहिलो संगीत संयोजन गर्ने व्यक्ति पनि हुन् ।

आर्मीमा हवल्दारसम्म भएपछि संगीतकर्मका लागि जागिर छोडेका उनी सेक्सोफोन र गिटार समेत बजाउँथे । ०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर सुरु गरेका उनले करारको रुपमा भने २०१९ सालदेखि नै रेडियो नेपालमा वाद्यवादकको काम थालेका थिए ।

संगीत, संगीत संयोजनबाहेक उनी लय तथा शब्द संकलन पनि थिए । ०५० साल उनी म्युजिक डाइरेक्टर–एरेन्जरका रुपमा म्युजिक नेपालसँग आवद्ध भएका थिए । अरूणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठक लगायतका संगीतकर्मीसँगको संगत उनको जीवनमा बिषेश रह्यो ।

उनले नातिकाजी, शिव शंकर, बच्चु कैलास, गोापल योन्जन, धर्मराज थापा, शम्भुजित बाँस्कोटा लगायत नेपालका अधिकाम्स संगीतकारको संगीत संयोजन गरेका छन् । अहिले संगीत सांयेजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन् ।

" /> संगीतकार गणेश परियारको निधन - Sarbocha Media

संगीतकार गणेश परियारको निधन

`

     २०७७ माघ ०५ गते ६:१७

काठमाडौँ, ५ माघ । नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । परियारको ७६ वर्षमा आइतबार निधन भएको संगीतकार शम्भुजित बाँस्कोटाले बताए ।

विगत केही समय पहिले देखि विमारी रहेका परियारको छातीमा खराबी देखिएपछि पछिल्लो समय उपचारका लागि ओम अस्पताल भर्ना गरिएका थिए । उपचारकै क्रममा उनको निधन भएको बास्कोटालेजानकारी दिए।

उनलाई गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा चिन्ने गरिन्छ । उनी रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका नेपालको पहिलो संगीत संयोजन गर्ने व्यक्ति पनि हुन् ।

आर्मीमा हवल्दारसम्म भएपछि संगीतकर्मका लागि जागिर छोडेका उनी सेक्सोफोन र गिटार समेत बजाउँथे । ०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर सुरु गरेका उनले करारको रुपमा भने २०१९ सालदेखि नै रेडियो नेपालमा वाद्यवादकको काम थालेका थिए ।

संगीत, संगीत संयोजनबाहेक उनी लय तथा शब्द संकलन पनि थिए । ०५० साल उनी म्युजिक डाइरेक्टर–एरेन्जरका रुपमा म्युजिक नेपालसँग आवद्ध भएका थिए । अरूणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठक लगायतका संगीतकर्मीसँगको संगत उनको जीवनमा बिषेश रह्यो ।

उनले नातिकाजी, शिव शंकर, बच्चु कैलास, गोापल योन्जन, धर्मराज थापा, शम्भुजित बाँस्कोटा लगायत नेपालका अधिकाम्स संगीतकारको संगीत संयोजन गरेका छन् । अहिले संगीत सांयेजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?