काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेका छन् ।
साथै २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट २० लाख १२ हजार ४ सय ५२ परीक्षणहरु गरिएका मन्त्रालयले जानकारी दिए ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । अहिल्यसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ जना रहेका छन् ।




