भट्टराईले ट्वीटरमा लेखेका छन् , ‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ। देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ, ।

" /> परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्किनुभएछ : डा. बाबुराम भट्टराई - Sarbocha Media

परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्किनुभएछ : डा. बाबुराम भट्टराई

`

     २०७७ माघ ०४ गते १२:३४

काठमाडौं, ४ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणबारे समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।

भट्टराईले परराष्ट्रमन्त्री ज्ञवाली भारतबाट रित्तो कुटुरो बोकेर फर्केको टिप्पणी गर्नुको साथै देशको जटिल भूराजनीतिक स्थिति नबुझी नेताहरु कहिले बुरूक्क उफ्रिने र कहिले लम्पसार पर्ने गरेको भनाइ राखेका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन् , ‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ। देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?