रेल सेवा सञ्चालन गर्न आन्तरिक कर्मचारीको व्यवस्थापन गर्न बारे समेत टुङ्गो लागिसकेको छ ।

" /> जनकपुर–जयनगर रेल माघको अन्तिम सातादेखि सञ्चालनमा ल्याइने - Sarbocha Media

जनकपुर–जयनगर रेल माघको अन्तिम सातादेखि सञ्चालनमा ल्याइने

`

     २०७७ माघ ०३ गते १:१२

काठमाडौं, ३ माघ। जनकपुर–जयनगर रेल माघको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ ।

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

नेपाल रेल्वे कम्पनीका अनुसार कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको छ ।

रेल सेवा सञ्चालन गर्न आवश्यक ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउने तयारी समेत भइसकेको बताइएको छ ।

रेल सेवा सञ्चालन गर्न आन्तरिक कर्मचारीको व्यवस्थापन गर्न बारे समेत टुङ्गो लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?