काठमाडाैं, २ माघ । कर्णाली बोल्नासाथ हाम्रो जनजिव्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको ‘कर्नाली’लाई सम्झन्छाैँ, मनन गर्छौँ र एक पटक पुगेर अनुभव गर्छौँ भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूलाठूला शहरहरुको मानव सभ्यताको विकास नदीसँगै जोडीएको हुन्छ । एथेन्स वा मेसोपोटोमिया किन नहोस् वा रोमन सभ्यता नै किन नहोस्, हामी नदीसँग जोडीन्छौँ ।
यस्तै नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसँग जोडीएको छ । कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडीएको छ । हिजोको कर्णाली देख्ने पुर्खाहरूले यहाँका कालीकोट, जुम्ला, मुगु र डोल्पामा गाडी गुडीसकेको देखेका छन् । कर्णाली सम्पदा र संस्कृतिले धनी रहेको छ ।
यो प्रदेश २७,९८४ बर्ग किमी फैलिएको छ । यहाँको जनसंख्या जम्मा १५७०४१८ रहेको छ । जसमा ७६७९२३ पुरुष रहेको छ भने ८०२४९५० महिला रहेको छ । यहाँ २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी ७९ वटा पालिकाहरु रहेका छन् । ७१८ वटा वाडाहरु रहेका छन् । यो प्रदेशमा रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० वटा जिल्लाहरु प्रर्दछन् ।
प्राकृतिक स्रोत र साधनले धनि यो प्रदेश प्रयटकिय रुपले उत्कृष्ट गन्तव्य रहेको छ । तिब्बतसँग उत्तरी सिमा जोडिएको प्रदेशमा विभिन्न उत्कृष्ट प्रर्यटकिय स्थल रहेका छन् भने प्रदेश सरकारले विभिन्न प्रर्यटकिय गुरुयोजना अगाडि सारेको छ ।
सुर्खेतबाट सुरुभएको यो प्रदेशमा सुर्खेतको बुलबुले, काक्रेबिहार, देउती बज्यै, घण्टाघर, प्रदेशिक संग्राहलय घुम्दै दैलेखको गुरासे, श्रीस्थस्न, नाभिस्थान, पादुका, माहादेबस्थल जस्ता धार्मिक स्थल र पर्यटकिय स्थानहरु रहेका छन् । त्यस्तै कालिकोटको पाचल झरना, कनका सुन्दरीमाइ, सेफोक्सुण्डो ताल, मुगुको रारा, जाजरकोटको एतिहासिक दरवार, भेरी नदिको ¥याप्टिङ, कर्णालीको चिसापानी धार्मिक स्थल र पर्यटकिय स्थानहरु हुन् ।
कर्णाली प्रदेशमा रहेका विभिन्न सम्पदा संस्कृती लोकभाका रोपाइ चोपाइ जात्रा, देउडा, मस्टो परम्परामध्ये यहाँ म मस्टो परम्परालाई केही प्रकाश पार्ने प्रयत्न गरेको छु ।
के हो मस्टो परम्परा ?
मानव सभ्यताको आदिकेन्द्र रहेको कर्णाली बिक्रम संवत १८४६ सम्म एक साम्राज्य थियो । यकिन गरिएको र तोकिएको दस्ताबेज नभएता पनि मस्टो परम्परा र कर्णालीको मानवशास्त्र, समाज शास्त्र, राजनीति शास्त्र अध्यान गरेका विभिन्न विद्वानहरुका आलेखहरुको अध्ययन गर्दा मस्टो पुजाको सुरुवात १८औं शताब्दीको मध्यतिर भएको मान्न सकिन्छ । त्यसबखत सुरु भएको मस्टो पुजा पुस्तै पुस्ता हस्तान्तरण हुँदै २१ औं शताब्दीको पुछार तिर सम्मपुगेको छ । यसरी एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको संस्कृती भएकाले यस्लाई मस्टो परम्परा भनिएको हो ।

मस्टो अध्यानबारे सुरुवात मस्टोबारे विधिवत् अध्ययन बि।स २०१२ सालयता योगी नरहरिनाथको कर्णालीको भ्रमणपछि गरेका थिए भने पश्चिमाहरूमध्ये मस्टो देवताबारे स्थलगत अध्ययन गर्ने विद्वान् फ्रान्सका मार्क गावोरियो हुन् । सन १९६९मा मष्टा कल्ट इन कर्णाली रिजन भन्ने उनको लेख जोहन टी। हिचककको पुस्तक स्पिरिट पोसेसन इन नेपाल हिमालयमा छापियो । हाम्रो इतिहास राम्ररी अनुसन्धान नभएकाले धेरै कुरा भ्रमपूर्ण छन् र त्यसमा पश्चिमका लेखकमध्ये औपनिवेशिक अवधारणाबाट प्रेरितहरूले त नेपाल मात्र होइन, समग्र एसियाकै इतिहासलाई लथालिंग पारे । हुँदै नभएका आर्य, मंगोल, द्रविडजस्ता नक्कली जाति खडा गरेर हाम्रो सामाजिक स्वरूप नै खण्डित पारे ।
मार्क गावोरियोकै लेख हेर्दा त्यहाँ धेरै कुरा भ्रमपूर्ण छन्, उनले मस्टोका भानिज बाँठपालोलाई मात्र नभनी खापरलाई पनि मस्टो भनेका छन् । उनले मस्टोको उत्पत्ति सम्बन्धमा नर्थ इन्डिया अर्थात् कास्मिरबाट ढँडार बझाङ आएको, मस्टोले नौ बहिनी दुर्गाहरूलाई ढँडारमा भेटेको जस्ता गलत कुरा लेखे । अहिलेसम्म इतिहासकारहरूले लेखेको अध्ययन गर्दा त्यसमा प्रायले जनमानसमा प्रचलित भनाइहरू संकलन गरेका छन्, कर्णालीदेखि मंगोलियासम्म । मस्टो देवता कुलपूजालाई देवाली भन्दछ । मस्टो दुई थरका छन् । दुधे मस्टोलाई बलि दिनु हुँदैन भने अन्य मस्टोलाई बलि दिइन्छ । दुधे मस्टो बाहेक अन्य मस्टोको कुलपूजामा बोकाको वलि चढाइन्छ ।
कुलधामीले बोका काटेपछि त्यसको खुन पिउँदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गर्ने गर्छन् । बोकालाई काटेर बोका तथा भेडालाई अंगालोमा राखेर आलो पालो रगत पिउदै मुलधामी मण्डल परिक्रमा गर्छन् । सेतो वस्त्रको पहिरन लगाएका १२ भाइ मस्टाका धामीहरु हातमा चौरी गाईको पुच्छर (चम्मर), घण्ट, धजा समाती भाइ मस्टाका नामहरु उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाँच्ने गर्दछन् । यही क्रममा पूजा भनेर वलि गरिँदै गरेका वोकाहरुको रगत पिउँदा तीनको त्यो सेतो वस्त्र रगतले भिजेर रातो हुन्छ ।
धामीको टाउकोमा वलि गरिएको बोकाको रगत छर्कने गर्दा धामी खुशी हुन्छ । वलिको बोका काट्नेलाई धामीले धाप दिन्छ । बोका काटेपछि त्यसको खुन पिउँदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य देखिन्छ । वलि गरिएको बोकाको मासु त्यहाँ गएकाहरुले प्रसाद भन्द बाँडेर खाने गर्दछन् । यस पूजामा नौ वहिनी मालिका, बाह्रभाइ मस्का अठार डाईनी मसानी भूत पिचासको पूजा हुन्छ । नरवलिको स्थानमा नरवलि नगरेर त्यहाँ नरिवल वलि गर्ने चलन छ । नरिवल मूल देवताको मण्डवको काम लगेर काट्ने गरिन्छ ।
मस्टालाई अरुले छुनु हुँदैन, घर बाहेककाले मस्टाको थानमा जानु हुँदैन अनि नुहाएर मात्र मस्टाको थानमा जानु हुन्छ । औपचारिकतामा कतै अलिकति पनि त्रुटि भयो भने, पिरपिराउ हुन्छ भन्ने मानिन्छ । देवाली नगरेको अथवा गोठको धूप नहालेको वर्षमा आफ्ना गाईको दुधमा चिउरा हाल्नु हुँदैन ।
आफुले चिताएको सबै कुरो पु¥याई दिने भएकाले ठुलो आस्थाले खसानका मानिसहरू मस्टाको पूजा गर्छन् । सबै पहाडे खस (बाहुन, छेत्री, ठकुरी, कामी, दमाईँ, सार्की, गाइने, बादी, आदि) हरूको मूल कुल देवता मस्टो हो । खसान क्षेत्र (कर्णाली र सुदूर पश्चिम) मा मस्टो नै सबै भन्दा ठुलो देउता हो । सबैलाई दुधको दुध पानीको पानी छुट्याएर न्याय दिन सक्ने भएकाले मस्टा नै त्यहाँ गरिबगुरुवामा सबै भन्दा प्यारा छन् । मस्टाका धामीको ठुलो सामाजिक भूमिका हुन्छ ।
मस्टाको आगम (वा गुह्य स्थान) लाई ‘गब्युर’ (गर्भगृह) भनिन्छ । मस्टाको थानमा तिन ओटा गर्भगृह हुन्छन् (रमानन्द)। गब्युरसँगै गाडिने आलम सहितकै लिङ्गो प्राय धामीले पतुर्ने मस्टाको थानमा मात्रै फहराउँछ । मस्टाको थान भित्र र वरपर ढुङ्गा, काठ, तामा, पित्तल, काँस, आदिका मूर्ति, त्रिशूल, रुद्राक्षका माला, दियो, र शङ्खघण्ट हुन्छ ।
मस्टाको थान भित्रै एक भागमा माटाको मैरो बनाइएको हुन्छ, जसलाई गादी भन्दछन् । मन्दिरमा चारै तिर ढुङ्गाले बारेर सामान्य धजा, फलामको सोटा (एक प्रकारको राजदण्ड) र घण्टहरू राखिएका हुन्छन् । थान वा मन्दिर प्राय उत्तर (कैलास) तिर फर्केका हुन्छन् । मस्टाको नजिकै देवी थान हुन्छ, (जस्तै, डोटीको शैलेश्वरी मन्दिरकै पछाडि चण्डेश्वरी भैरव थानको २० मिटर जति दूरीमा छेत्रपाल दुधे मस्टाको थान छ) । मस्टा र भवानीको नाउँसँगै भैरव, झाँक्री, सिद्ध, बेताल, जस्ता देउताहरूको नाउँ प्राय जोडिन्छ । मस्टाको धामीले रुद्राक्षको माला लगाउँछन्, कपाल पाल्छन्, त्रिशूल, चिम्टा र फलामको लौरो लिन्छन् ।
मस्टाको धामी ईश्वरीय शक्ति भएको मानिन्छ । धेरै धामी भएका ठाउँमा एक जना मुख्य धामी र अरु सहायक धामी हुन्छन् । मूल धामी गादीको मुख्य अधिकारी हुन्छ । मस्टा उत्पत्तिका मुख्य ठाउँबाट अरु ठाउँका धामीलाई छाप अथवा लालमोहर दिने पनि चलन हुन्छ । मस्टाको धामी रपुजारीको जुनसुकै जात हुन सक्छ । धामी पछिको अधिकारी डाङ्रीले थानको रेखदेख, पूजाका भाँडाकुँडा र अरु सामग्रीको सुरक्षा गर्छ । मस्टाको धामी नाच्ता दमाईँहरूले दमाहा बजाउने हुनाले दमाईँहरू पनि मन्दिरकै सहायक मानिन्छन् ।
मस्टो पूजा मुख्य तया वैशाख पुर्णिमा, वैशाख चर्तुदशी, जेठ पुर्णिमा, मंसिर पुर्णिमा, पौष पुर्णिमा र भाद्र अनन्ते चतुर्दशी भाद्र पुर्णिमाको सेरोफेरोमा गर्दछन् । तीन÷तीन वर्षको अन्तरमा गरिने कुलपुजामा कुलका सबैको जमघट हुने चलन छ । कुलदेवता पूज्ने तान्त्रिक चलन पूरानै देखा पर्दछ ।
मस्टाको सबै भन्दा ठुलो प्रभाव क्षेत्र जुम्ला हो । जुम्लाको पश्चिम तिर पनि पूर्व तिर पनि मस्टाको प्रभाव कम छ, कालिकोटमा मस्टाका विशिष्ट बेहोराहरू देखिन्छन् । कुमाउँ र गढवालमा पनि मस्टो मानिन्छ । मस्टाको उत्पत्ति स्थल मानसरोवरदेखि
कर्णाली सम्म मानिन्छ ।
कर्णाली प्रदेश विभिन्न प्राकृति संस्कृतिक स्रोत साधनले उत्कृष्ट हुदाहँुदै पनि राज्य संमरचना राजनीतिले गिथोलिदा मानचित्रमा देखाइएको तस्बिर पिडादायिक देखियता पनि तपाईं हामिको सुन्दर आँखाले हेर्दा सहयोग र साथले सुन्दर प्रदेश बनाउन सकिन्छ । विभिन्न कोण र बिभिन्न आयमले हेरियका विभिन्न फरक फरक चस्माहरुले बिभिधता देखाउनु सामान्य मान्दै कर्णालिलाई उत्कृष्ट सफल आत्मनिर्भर, उत्कृष्ट प्रर्यटकिय गन्तव्यको हिसाबले बिकास भएको देख्न पाइयोस् ।




