बिहिबारबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तयार गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।

संसद् पुनस्र्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानि रहेका छैनन् । उक्त विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ ।

यस बाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल गरिदै छ ।

" /> नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिस डाँडामा जारी - Sarbocha Media

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिस डाँडामा जारी

`

     २०७७ माघ ०२ गते ६:५५

काठमाडौँ, २ माघ। नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु जारी छ । बैठक ११ः३० मा शुरु भएको थियो।

बिहिबारबाट शुरु भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तयार गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।

संसद् पुनस्र्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानि रहेका छैनन् । उक्त विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ ।

यस बाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल गरिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?