काठमाडौँ, १ माघ । बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको जनाएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १२४५ रुपैयाँमा कायम रहेको छ ।




