आन्दोलनको समीक्षाका साथै भावी रणनीति तय गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएपछि प्रचण्ड–माधव समूहले सडक आन्दोलन तथा भेलाहरू गर्दै आएका छन् ।

आगामी दिनको आन्दोलनलाई सशक्त बनाउनुका साथै आन्दोलनरत अन्य दलहरूसँग सहकार्य गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

बुधबार साँझ मात्र कांग्रेस सभापति शेरबहादुर देउवासित सडक संघर्ष र सत्ता साझेदारीबारे प्रचण्ड–माधवले दुई घण्टा छलफल गरेका छन् ।

" /> नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आज बस्दै - Sarbocha Media

नेकपा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आज बस्दै

`

     २०७७ माघ ०१ गते ३:१२

काठमाडौँ, १ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा विघटनपछि सडक सङ्घर्षमा रहेका प्रचण्ड–माधव समूहको आजको स्थायी समिति बैठक दिनको ३ बजे पेरिस डाँडामा बस्ने तयारी भएको छ ।

आन्दोलनको समीक्षाका साथै भावी रणनीति तय गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय लिएपछि प्रचण्ड–माधव समूहले सडक आन्दोलन तथा भेलाहरू गर्दै आएका छन् ।

आगामी दिनको आन्दोलनलाई सशक्त बनाउनुका साथै आन्दोलनरत अन्य दलहरूसँग सहकार्य गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

बुधबार साँझ मात्र कांग्रेस सभापति शेरबहादुर देउवासित सडक संघर्ष र सत्ता साझेदारीबारे प्रचण्ड–माधवले दुई घण्टा छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?