झापा, २८ पुस । झापामा भुटानी शरणार्थी शिविरभित्र एक व्यक्तिको आगो लागेर मृत्यु भएको छ ।
झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राईको ज्यान गएको छ ।
प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको बताइएको छ ।

अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको जनाइएको छ । घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको बताइएको छ ।




