पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक बस्दै

`

     २०७७ पौष २६ गते ९:१४

काठमाडौं, २६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?