मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाकेका थिए । आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।

" /> राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुँदै - Sarbocha Media

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य हुँदै

`

     २०७७ पौष २६ गते ९:०७

काठमाडौं, २६ पुष । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

अघि केहीबेर अघि बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाकेका थिए । आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?