पार्टीको केन्द्रमा देखिएको विभाजन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ । यसको असर विघटित प्रतिनिधि सभादेखि प्रदेश सभा हुँदै स्थानीय तहका जनप्रतिनिधिमा पनि परेको छ ।

सबै तहका जनप्रतिनिधि तथा नेता, कार्यकर्ता अहिले आफ्नो समूह कुन हो भन्ने विषयमा प्रष्ट खुल्न थालिसकेका छन् । यसैक्रममा निर्वाचित जनप्रतिनिधिहरु पनि नेकपाका दुईमध्ये एक समूहमा खुल्नेक्रम जारी छ ।

जसको असर काठमाडौं उपत्यकाका स्थानीय तहमा झन् प्रष्ट देखिएको छ । उपत्यकाका तीनमध्ये काठमाडौंबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रष्ट पारेका छन् ।

काठमाडौंका अधिकांश जनप्रतिनिधि नेकपाको ओली समूहमा खुलेका छन् । प्रतिनिधि सभाका ६ मध्ये ४ जना, प्रदेशका १६ मध्ये १२ जना ओली समूहमा खुलेका छन् । प्रचण्ड–माधव पक्षमा प्रतिनिधि सभाका २ र प्रदेशका ४ जना खुलेका छन् ।

स्थानीय ११ वटा तहमध्ये मेयर र उपमेयर गरी नेकपाका १५ जना जनप्रतिनिधि रहेका छन् । तीमध्ये ९ जना ओलीको पक्षमा खुलेका छन् । २ जना तटस्थ रहेका छन् । प्रचण्ड–माधव पक्षमा ४ जनामात्रै खुलेका छन् ।

" /> काठमाडौंका तीनै तहमा ओली समूहमा बहुमत जनप्रतिनिधि - Sarbocha Media

काठमाडौंका तीनै तहमा ओली समूहमा बहुमत जनप्रतिनिधि

`

     २०७७ पौष २६ गते ७:४१

काठमाडौं, २६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले राजनीतिक रुपमा विभाजिएका छन् । पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा समूह र पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको अर्को समूह बनेका छन् ।

पार्टीको केन्द्रमा देखिएको विभाजन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ । यसको असर विघटित प्रतिनिधि सभादेखि प्रदेश सभा हुँदै स्थानीय तहका जनप्रतिनिधिमा पनि परेको छ ।

सबै तहका जनप्रतिनिधि तथा नेता, कार्यकर्ता अहिले आफ्नो समूह कुन हो भन्ने विषयमा प्रष्ट खुल्न थालिसकेका छन् । यसैक्रममा निर्वाचित जनप्रतिनिधिहरु पनि नेकपाका दुईमध्ये एक समूहमा खुल्नेक्रम जारी छ ।

जसको असर काठमाडौं उपत्यकाका स्थानीय तहमा झन् प्रष्ट देखिएको छ । उपत्यकाका तीनमध्ये काठमाडौंबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रष्ट पारेका छन् ।

काठमाडौंका अधिकांश जनप्रतिनिधि नेकपाको ओली समूहमा खुलेका छन् । प्रतिनिधि सभाका ६ मध्ये ४ जना, प्रदेशका १६ मध्ये १२ जना ओली समूहमा खुलेका छन् । प्रचण्ड–माधव पक्षमा प्रतिनिधि सभाका २ र प्रदेशका ४ जना खुलेका छन् ।

स्थानीय ११ वटा तहमध्ये मेयर र उपमेयर गरी नेकपाका १५ जना जनप्रतिनिधि रहेका छन् । तीमध्ये ९ जना ओलीको पक्षमा खुलेका छन् । २ जना तटस्थ रहेका छन् । प्रचण्ड–माधव पक्षमा ४ जनामात्रै खुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?