काठमाडौं, २६ पुस । राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले दिउँसो १ बजे सम्बोधन गर्ने बताइएको छ । आज आइतबारको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको जनाइएको छ ।

प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले गरेका हुन् ।




