शुक्रबार त्यहाँ एकै दिनमा ६८ हजार ५३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २९ लाख ५७ हजार ४७२ पुगेको छ । तर १३ लाख ६४ हजार ८२१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

" /> कोरोनाबाट बेलायतमा हालसम्मकै सर्वाधिक मृत्यु - Sarbocha Media

कोरोनाबाट बेलायतमा हालसम्मकै सर्वाधिक मृत्यु

`

     २०७७ पौष २५ गते ३:५४

एजेन्सी, २५ पुस । कोरोना भाइरसको नयाँ प्रकार बढेको छ ।  अहिले बेलायतमा हालिसम्मकै सर्वाधिक दैनिक मृत्यु रेकर्ड भएको तथ्यांक बाहिरिएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय २५ जनाले कोरोना भाइरसबाट मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाले मृत्यु हुनेहरुको संख्या ७९ हजार ८३३ पुगेको छ ।

शुक्रबार त्यहाँ एकै दिनमा ६८ हजार ५३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २९ लाख ५७ हजार ४७२ पुगेको छ । तर १३ लाख ६४ हजार ८२१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?