advertisement

उनले चुनावबाट सही नेतालाई जिताएर पठाउन समेत आग्रह गरे। ‘तपाईलाई हात जोडेर भन्न चाहान्छ, भ्रष्ट तत्वहरुलाई गाउँ–गाउँबाट ठेगान लगाउनुहोस्,’ उनले भने, ‘देशका लागि लड्ने, जनताका लागि काम गर्ने, विकासका लागि लाग्नेहरुलाई भोट हालेर पठाउनुहोस्।’

प्रधानमन्त्री ओलीले अब नयाँ निर्वाचनले मात्र प्रतिनिधि सभा दिनसक्ने बताए। ‘चुनावभन्दा अर्को विकल्प छैन। संवैधानिक, व्यवहारिक, कानुनी, आवश्यकताको सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन मर्यादा कुनै हिसाबले पनि अब प्रतिनिधि सभा चुनावबाट मात्र आउँछ,’ उनले भने।

" /> म दोहोर्‍याएर, तेहर्‍याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ : प्रधानमन्त्री ओली - Sarbocha Media

म दोहोर्‍याएर, तेहर्‍याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ : प्रधानमन्त्री ओली

`

     २०७७ पौष २४ गते १०:३०

काठमाडौँ, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा चुनाव हुने जिकिर गरेका छ। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते चुनाव हुने दाबी गरेका हुन्।

‘केपी ओलीले चुनाव गर्दैन भनेका छन्, म फेरि दोहोर्‍याएर, तेहर्‍याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ। साथीहरु ढुक्क रहनुहोस्, चुनावमा लाग्नुहोस्, तयारीमा लाग्नुहोस्,’ उनले भने।

advertisement

उनले चुनावबाट सही नेतालाई जिताएर पठाउन समेत आग्रह गरे। ‘तपाईलाई हात जोडेर भन्न चाहान्छ, भ्रष्ट तत्वहरुलाई गाउँ–गाउँबाट ठेगान लगाउनुहोस्,’ उनले भने, ‘देशका लागि लड्ने, जनताका लागि काम गर्ने, विकासका लागि लाग्नेहरुलाई भोट हालेर पठाउनुहोस्।’

प्रधानमन्त्री ओलीले अब नयाँ निर्वाचनले मात्र प्रतिनिधि सभा दिनसक्ने बताए। ‘चुनावभन्दा अर्को विकल्प छैन। संवैधानिक, व्यवहारिक, कानुनी, आवश्यकताको सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन मर्यादा कुनै हिसाबले पनि अब प्रतिनिधि सभा चुनावबाट मात्र आउँछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?