advertisement

प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई नै संकटमा फसाउने काम गरेको भन्दै रोष प्रकट गरे। संसद पुनर्स्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत उनले प्रधानमनन्त्रीसँग आग्रह गरे।

वर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको भन्दै उनले रोष प्रकट गरे।

प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरे पनि अझै चर्को बोलेको सुन्दा उनको चरित्र उदांगो भएको अध्यक्ष केसीले बताए।

अध्यक्ष केसीले विगतमा पटकरपटक बहुमत प्राप्त गरेका सरकारहरू ढाल्ने काम प्रधानमन्त्रीबाटै भएकाले पछिल्लो पटक २०७२ सालमा संविधान निर्माण गर्दा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने गरी कानुन निर्माण गरिएको भए पनि त्यसलाई समेत पंगु बनाएर ओलीले असली स्वरूप देखाएको बताए।

" /> प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे : चित्रबहादुर केसी - Sarbocha Media

प्रधानमन्त्रीले भारतको इशारामा संसद विघटन गरे : चित्रबहादुर केसी

`

     २०७७ पौष २३ गते २:०१

दाङ, २३ पुष । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन्।

बिहीबार दाङको घोराहीमा उक्त पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो हातबाट सत्ता गुम्ने खतरा देखेपछि भारतको इशारामा संसद नै विघटन गरे।’

advertisement

प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई नै संकटमा फसाउने काम गरेको भन्दै रोष प्रकट गरे। संसद पुनर्स्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत उनले प्रधानमनन्त्रीसँग आग्रह गरे।

वर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको भन्दै उनले रोष प्रकट गरे।

प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरे पनि अझै चर्को बोलेको सुन्दा उनको चरित्र उदांगो भएको अध्यक्ष केसीले बताए।

अध्यक्ष केसीले विगतमा पटकरपटक बहुमत प्राप्त गरेका सरकारहरू ढाल्ने काम प्रधानमन्त्रीबाटै भएकाले पछिल्लो पटक २०७२ सालमा संविधान निर्माण गर्दा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने गरी कानुन निर्माण गरिएको भए पनि त्यसलाई समेत पंगु बनाएर ओलीले असली स्वरूप देखाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?