काठमाडौं, २० पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पत्नी सीता दाहाल र गंगा दाहाल आज भारतको मुम्बईतर्फ जाँदै छन् ।
पत्नी सीता दाहाल लाई थप उपचार गर्न उनीहरु भारतको मुम्बई जान लागेका हुन् । उनीहरु बिहान ११ बजेको उडानबाट मुम्बई जाँदै छन् ।
सीताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि साथमा रहने प्रचण्डको सचिवालयले जनाएको छ ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।




