advertisement

उनले जनताको ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त संघीयता नै धरापमा पर्ने हो कि भन्ने त्रास बढेको पनि बताए। ‘जनताको ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त संघीयता नै धरापमा पर्ने हो कि भन्ने त्रास आकाशमा मडारिइरहेको छ’, उनले भने।

राष्ट्रियताको विषयमा उनले पछिल्लो समय चीन र भारतीय कूटनीतिकहरुको चहलपहल नेपालमा बढेको भन्दै उनले प्रश्न उठाए। ‘दक्षिण र उत्तरबाट फास्ट ट्रयाकबाट काठमाडौं ओर्लने परिदृश्य देखिएको छ। यसले राष्ट्रियता कति बलियो बनाउँछ?’ कांग्रेस नेतासमेत रहेका उनले पार्टीको तर्फबाट म जवाफ पनि माग गरे।

गत ६ महिनादेखि केपी ओलीको सरकारले गरेको सरकार सञ्चालनसम्बन्धी विषयका सन्दर्भमा ह्यान्स क्रिस्टियलले लेखेको कथाको सन्दर्भसमेत सुनाए। जसमा त्यहाँका शासकलाई नांगै शहर डुलाइएको र एक बच्चाले उहाँ त नांगै हुनुहुन्छ भनेपछि सबैको चेत खुलेको उनले बताए।

यस सन्दर्भलाई केपी ओलीको संसद विघटनको विषयमा कटाक्ष गरेका थिए। उनले संसद विघटनको निर्णयलाई अदालतले पुनर्सथापना गराउने पनि आशा व्यक्त गरे।

उनले नेपालको संविधानमा कहीँ पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नदिएको पनि प्रस्ट पारे। उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न पनि सरकारसँग कांग्रेसको तर्फबाट माग गरे।

" /> प्रधानमन्त्रीलाई जितेन्द्र देवको प्रश्न : समस्यामा परेँ भनेर देशलाई खाल्डोमा जाकिदिने? - Sarbocha Media

प्रधानमन्त्रीलाई जितेन्द्र देवको प्रश्न : समस्यामा परेँ भनेर देशलाई खाल्डोमा जाकिदिने?

`

     २०७७ पौष १७ गते ११:४३

काठमाडौं, १७ पुष । राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले प्रधानमन्त्री केपी ओलीको कारण देश अप्ठ्यारोमा परेको बताएका छन्। पार्टीमा अल्पमतमा परेकै कारण प्रधानमन्त्रीले देशलाई खाडलमा हालेको आज बसेको राष्ट्रियसभाको सातौँ अधिवेशनमा उनले आरोप लगाएका हुन्।

‘पार्टी भित्रको समस्याले संसदलाई विघटन गर्ने? पार्टी भित्र समस्यामा परेँ भनेर देशलाई खाल्डोमा जाक्दिने?’ उनले भने, ‘दुनियाँमा कम्युनिस्ट भन्नेले यस्तो गर्दै गर्दैन,’ उनले कांग्रेसले धेरै पहिले देखि देश अधिनायकवादको बाटोमा रहेको पनि बताए।

‘बूढो मर्याे भन्ने होइन काल पल्केको चिन्ता हो। अहिलेको प्रधानमन्त्रीमा शक्ति केन्द्रित गर्ने भोक जागेको छ,’ उनले भने, ‘मध्यावधि चुनावको कुरा गरेको छ। कोभिडको अवस्था छ। देशको आर्थिक अवस्था के होला? देशको रेस्क्यू हुन्छ कि हुँदैन?’

advertisement

उनले जनताको ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त संघीयता नै धरापमा पर्ने हो कि भन्ने त्रास बढेको पनि बताए। ‘जनताको ठूलो त्याग तपस्या र बलिदानबाट प्राप्त संघीयता नै धरापमा पर्ने हो कि भन्ने त्रास आकाशमा मडारिइरहेको छ’, उनले भने।

राष्ट्रियताको विषयमा उनले पछिल्लो समय चीन र भारतीय कूटनीतिकहरुको चहलपहल नेपालमा बढेको भन्दै उनले प्रश्न उठाए। ‘दक्षिण र उत्तरबाट फास्ट ट्रयाकबाट काठमाडौं ओर्लने परिदृश्य देखिएको छ। यसले राष्ट्रियता कति बलियो बनाउँछ?’ कांग्रेस नेतासमेत रहेका उनले पार्टीको तर्फबाट म जवाफ पनि माग गरे।

गत ६ महिनादेखि केपी ओलीको सरकारले गरेको सरकार सञ्चालनसम्बन्धी विषयका सन्दर्भमा ह्यान्स क्रिस्टियलले लेखेको कथाको सन्दर्भसमेत सुनाए। जसमा त्यहाँका शासकलाई नांगै शहर डुलाइएको र एक बच्चाले उहाँ त नांगै हुनुहुन्छ भनेपछि सबैको चेत खुलेको उनले बताए।

यस सन्दर्भलाई केपी ओलीको संसद विघटनको विषयमा कटाक्ष गरेका थिए। उनले संसद विघटनको निर्णयलाई अदालतले पुनर्सथापना गराउने पनि आशा व्यक्त गरे।

उनले नेपालको संविधानमा कहीँ पनि प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार नदिएको पनि प्रस्ट पारे। उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न पनि सरकारसँग कांग्रेसको तर्फबाट माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?