advertisement

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले ढकाल्नीलाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा. ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश विशेष अदालतले गरेको थियो। उनी मात्र एक प्रतिवादी हुन् जो थुनामा रहेका छन्।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।

" /> बालुवाटार जग्गा प्रकरण : 'मुख्य बिचौलिया' शोभाकान्तकी श्रीमती २ लाख धरौटीमा रिहा - Sarbocha Media

बालुवाटार जग्गा प्रकरण : ‘मुख्य बिचौलिया’ शोभाकान्तकी श्रीमती २ लाख धरौटीमा रिहा

`

     २०७७ पौष १६ गते ३:०१

काठमाडौं, १६ पुष । बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यका मुख्य अभियुक्त शोभाकान्त ढकालकी श्रीमती २ लाख धरौटीमा रिहा भएकी छन्। बिहीबार विशेष अदालत हाजिर भएकी ढकालकी श्रीमती उमाकुमारी ढकाल्नीलाई विशेषले धरौटीमा माग गरेको थियो।

उनीहरुले सरकारी जग्गा व्यक्तिको बनाएर ग्लोब आइएमी बैँकमा धितो राखेर ३ करोड ३५ लाख रुपैयाँ लिएका थिए। श्रीमानश्रीमतीको नामबाट उनीहरुले रकम निकालेका थिए।

थुनछेक बहसपछि विशेषले तोकेको धरौटी रकम बुझाएर उनी छुटेकी छन्। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ लाखभन्दा बढी बिगो माग गरेको थियो।

advertisement

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले ढकाल्नीलाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा. ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश विशेष अदालतले गरेको थियो। उनी मात्र एक प्रतिवादी हुन् जो थुनामा रहेका छन्।

अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?