advertisement

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् । आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

त्यहि समयभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह गरेका छ । मृत्यु भएका तथा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताके नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुर दिन पनि आयोगले सबैमा आग्रह गरेका छन् ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित गरिसकेका छ ।

" /> निर्वाचन आयोगले माघ पन्ध्रबाट मतदाता नामावली अद्यावधिक गर्ने - Sarbocha Media

निर्वाचन आयोगले माघ पन्ध्रबाट मतदाता नामावली अद्यावधिक गर्ने

`

     २०७७ पौष १६ गते ११:२१

काठमाडौं, १६ पुस । निर्वाचन आयोगले आगामी पन्ध्रबाट देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

advertisement

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् । आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

त्यहि समयभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह गरेका छ । मृत्यु भएका तथा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताके नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुर दिन पनि आयोगले सबैमा आग्रह गरेका छन् ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित गरिसकेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?