advertisement

अहिले नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ। प्राधिकरणको वर्तमान नेतृत्वले ‘लोड व्यवस्थापन’ भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ ।

काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ ।

लोडसेडिङ गराउनकालागि अहिले लोड व्यवस्थापनलाई बाहना बनाइएको छ । पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरणप्रति असन्तुष्टि पोखिरहेका छन् ।

तत्कालीन मन्त्री वर्षमान पुन हटेर टोपबहादुर रायमाझीको आगमन भएपछि यस्तो चर्चा सुरु भएको छ । हुनपनि काठमाडौँ उपत्यकामा अचेल दिनहुँ बिजुली गएको विषय विद्युत् प्रािधकरणले पनि स्वीकार गरिसकेको छ ।

सोमबार साँझ साढे ६ बजे मध्य र मध्यपश्चिम क्षेत्रमा १५ मिनेट विद्युत् अवरुद्ध भएको थियो भने मंगलबार साँझ काठमाडौं उपत्यकाका पाटन, भक्तपुर थिमि, बानेश्वर क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो । दुई दिन प्राविधिक कारणले विद्युत् अवरुद्ध भएको र यसको समाधान भइसकेको शाक्यको दाबी छ ।

योबाहेक पनि मर्मतसम्भारका लागि भन्दै पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । नियमित मर्मतसम्भार हुने स्थानमा प्राधिकरणले पूर्वसूचना दिएर दैनिक केही घण्टा विद्युत् अवरुद्ध गराउने भए पनि पूर्वजानकारीबिना पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ता आजित बनेका हुन् ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ ।

" /> फेरि लोडसेडिङ हुने, तालिका सावर्जनिक गर्ने तयारी ! - Sarbocha Media

फेरि लोडसेडिङ हुने, तालिका सावर्जनिक गर्ने तयारी !

`

     २०७७ पौष १६ गते ११:१७

काठमाडौं, १६ पुष । बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।

रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

advertisement

अहिले नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ। प्राधिकरणको वर्तमान नेतृत्वले ‘लोड व्यवस्थापन’ भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ ।

काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ ।

लोडसेडिङ गराउनकालागि अहिले लोड व्यवस्थापनलाई बाहना बनाइएको छ । पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरणप्रति असन्तुष्टि पोखिरहेका छन् ।

तत्कालीन मन्त्री वर्षमान पुन हटेर टोपबहादुर रायमाझीको आगमन भएपछि यस्तो चर्चा सुरु भएको छ । हुनपनि काठमाडौँ उपत्यकामा अचेल दिनहुँ बिजुली गएको विषय विद्युत् प्रािधकरणले पनि स्वीकार गरिसकेको छ ।

सोमबार साँझ साढे ६ बजे मध्य र मध्यपश्चिम क्षेत्रमा १५ मिनेट विद्युत् अवरुद्ध भएको थियो भने मंगलबार साँझ काठमाडौं उपत्यकाका पाटन, भक्तपुर थिमि, बानेश्वर क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो । दुई दिन प्राविधिक कारणले विद्युत् अवरुद्ध भएको र यसको समाधान भइसकेको शाक्यको दाबी छ ।

योबाहेक पनि मर्मतसम्भारका लागि भन्दै पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । नियमित मर्मतसम्भार हुने स्थानमा प्राधिकरणले पूर्वसूचना दिएर दैनिक केही घण्टा विद्युत् अवरुद्ध गराउने भए पनि पूर्वजानकारीबिना पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ता आजित बनेका हुन् ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?