advertisement

उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए।

" /> कुनै बेला पत्रकारिता र च्याउखेतीमा संलग्न चिनियाँ जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बने - Sarbocha Media

कुनै बेला पत्रकारिता र च्याउखेतीमा संलग्न चिनियाँ जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बने

`

     २०७७ पौष १६ गते ५:३२

एजेन्सी, १६ पुस । एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन्।

खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका चिनियाँ व्यापारी जङ शान्शान एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका हुन्।

जङ शान्शानको सम्पत्ति यो वर्ष कुल सात अर्ब डलरले वृद्धि भयो। यससँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।

ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७.८ अर्ब अमेरिकी डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन्।

advertisement

उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?