advertisement

नेकपामा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा ५ फागुन, २०७४ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा विभाजनसँगै प्रदेश सरकारहरु धरापमा परेका छन् । प्रदेश–१, प्रदेश–३ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका छन् । अन्य प्रदेशहरुमा समेत नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह अंकगणितको खेलमा लागेका छन् ।

" /> सुदूरपश्चिम प्रदेशका मन्त्री बोहोरा बर्खास्त - Sarbocha Media

सुदूरपश्चिम प्रदेशका मन्त्री बोहोरा बर्खास्त

`

     २०७७ पौष १४ गते ९:१६

सुदूरपश्चिम, १४ पुष । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री मन्त्री पठानसिंह बोहोरा पदबाट बर्खास्त भएका छन् ।

केपी ओली समूहका मन्त्री बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले संविधान बमोजिम पदमुक्त गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रचण्ड निकट हुन् ।

advertisement

नेकपामा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा ५ फागुन, २०७४ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा विभाजनसँगै प्रदेश सरकारहरु धरापमा परेका छन् । प्रदेश–१, प्रदेश–३ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका छन् । अन्य प्रदेशहरुमा समेत नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह अंकगणितको खेलमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?