advertisement

अस्पताल पुर्‍याएको दुई घण्टामा उनको निधन भएको आन्दोलनमा सहभागी उनका साथीहरुले बताए । उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए ।

" /> बक्यौता माग गर्दै १६ दिनसम्म आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातबाट निधन - Sarbocha Media

बक्यौता माग गर्दै १६ दिनसम्म आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातबाट निधन

`

     २०७७ पौष १४ गते ७:०५

काठमाडौं, १४ पुस। माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातबाट निधन भएको छ ।

बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी उनको मंगलबार निधन भएको हो । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको आज बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

मंगलबार विहान हृदयघात भए लगतै उजलाई चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍याएको र त्यहाँबाट अस्पतालले गंगालल रिफर गरेको जनाइएको छ ।

advertisement

अस्पताल पुर्‍याएको दुई घण्टामा उनको निधन भएको आन्दोलनमा सहभागी उनका साथीहरुले बताए । उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?