ताप्लेजुङ, ११ पुस । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा तीन दिनदेखि भीषण डढेलो लागेको छ ।
डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन नसकेको स्थानीयले बताएको छ। यस क्षेत्रमा पानीको पनि अभाव भएको जनाइएको छ । हाल हावा समेत जोडले चल्न थालेका कारण आगो झनै दन्किरहेको बताइएको छ ।

यो क्षेत्र लोपुन्मुख रेडपाण्डा (हाब्रे) को वासस्थान भएको क्षेत्र हो । आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली प्रस्थान गरेको छ ।




