advertisement

यसअघि बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध ४५ सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। बागमतीमा जम्मा ११० सांसद रहेका छन्। नेकपाका मात्र ८० सांसद रहेकोमा प्रचण्ड–नेपाल पक्षका ४६ सांसद छन् भने ओली पक्षका ३४ जना छन्।

" /> प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी - Sarbocha Media

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

`

     २०७७ पौष १० गते ९:५६

काठमाडाैं, १० पुष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ। नेकपाको प्रचण्ड–नेपाल पक्षले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो।

बागमती र प्रदेश १ मा आजै अविश्वास प्रस्ताव दर्ता गर्ने भनिएकोमा बागमतीमा दर्ता भइसकेकाले साँझसम्म प्रदेश १ मा पनि प्रस्ताव दर्ता गर्ने प्रचण्डनिकट एक नेताले बताए।

advertisement

यसअघि बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध ४५ सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। बागमतीमा जम्मा ११० सांसद रहेका छन्। नेकपाका मात्र ८० सांसद रहेकोमा प्रचण्ड–नेपाल पक्षका ४६ सांसद छन् भने ओली पक्षका ३४ जना छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?