advertisement

उनले भने ‘किन संसद विघटन गर्नुपर्‍यो, अरु थुप्रै कुरा छोडिदिनुस्। यहीं किचकिच, यहीं झमेला, पार्टीभित्र सधैं हिंड्न खोज्यो खुट्टा समाउने, हिंड्न खोज्यो अल्झाउने, हिंड्न खोज्यो धराप थाप्ने, देश हाँक्नुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने।’

ओलीले संसद विघटनपछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको आरोप लगाए। सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको उनको भनाइ छ।

उनले भने ‘आन्दोलन के का लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्‍यो, अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन? तपाईं हामी बुझ्न सक्छौं, उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ।’

देशलाई विगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने ओलीको भनाइ छ।

‘देश विगार्ने, देशको एकता तोड्ने, देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ?’ उनले भने ‘चुनाव भन्ने वित्तिकै उहाँहरु निन्द्रामा पनि झस्किनुहुन्छ।’

त्यस्तै गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटक पटक अनुनय-विनय गर्दा समेत नसकिएको बताए। अन्तिम समयसम्म प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको उनको भनाइ छ।

ncell in
उनले भने ‘पार्टीलाई विभाजन गर्ने, सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा फुटवाद हो। हामीले अन्तिमसम्म पनि अनुनय-विनय गरेको हो तर उहाँहरुले त्यो कुरा मान्नु भएन। उहाँहरुले पार्टीलाई फुटाई छाड्ने कसम खानुभएको थियो उहाँहरुले यो सरकारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो। उहाँहरुले अन्ततः त्यही गर्नुभयो।’

" /> पार्टीभित्रको झमेलाले देश हाँक्न बाधा भयो, संसद विघटन गरिदिएँ : ओली - Sarbocha Media

पार्टीभित्रको झमेलाले देश हाँक्न बाधा भयो, संसद विघटन गरिदिएँ : ओली

`

     २०७७ पौष ०९ गते २:२९

काठमाडाैं, ९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रकै समूहको खुट्टा तान्ने प्रवृत्तिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन्।

बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताएका हुन्।

advertisement

उनले भने ‘किन संसद विघटन गर्नुपर्‍यो, अरु थुप्रै कुरा छोडिदिनुस्। यहीं किचकिच, यहीं झमेला, पार्टीभित्र सधैं हिंड्न खोज्यो खुट्टा समाउने, हिंड्न खोज्यो अल्झाउने, हिंड्न खोज्यो धराप थाप्ने, देश हाँक्नुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने।’

ओलीले संसद विघटनपछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको आरोप लगाए। सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको उनको भनाइ छ।

उनले भने ‘आन्दोलन के का लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा गर्‍यो, अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन? तपाईं हामी बुझ्न सक्छौं, उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ।’

देशलाई विगार्ने, देशको एकता तोड्ने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने ओलीको भनाइ छ।

‘देश विगार्ने, देशको एकता तोड्ने, देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ?’ उनले भने ‘चुनाव भन्ने वित्तिकै उहाँहरु निन्द्रामा पनि झस्किनुहुन्छ।’

त्यस्तै गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटक पटक अनुनय-विनय गर्दा समेत नसकिएको बताए। अन्तिम समयसम्म प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको उनको भनाइ छ।

ncell in
उनले भने ‘पार्टीलाई विभाजन गर्ने, सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा फुटवाद हो। हामीले अन्तिमसम्म पनि अनुनय-विनय गरेको हो तर उहाँहरुले त्यो कुरा मान्नु भएन। उहाँहरुले पार्टीलाई फुटाई छाड्ने कसम खानुभएको थियो उहाँहरुले यो सरकारलाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो। उहाँहरुले अन्ततः त्यही गर्नुभयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?