advertisement

उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए ।

जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।

कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बेला निर्वाचनमा अर्बाैं रकम खर्च गर्ने सामर्थ्य देशको नभएको केसीको तर्क छ ।

" /> ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी - Sarbocha Media

ओलीले देश भड्खालोमा हाले : चित्रबहादुर केसी

`

     २०७७ पौष ०९ गते १२:१४

बुटवल, ९ पुष । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका छन् ।

बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले भने, ‘पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको कू हो ।’

advertisement

उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए ।

जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।

कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बेला निर्वाचनमा अर्बाैं रकम खर्च गर्ने सामर्थ्य देशको नभएको केसीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?