काठमाडौं, ९ पुस । प्रतिनिधिसभा विघठनपछि नेपाली कांग्रेसमा निर्वाचनमा जाने अधिकांश केन्द्रीय सदस्य सहमत भएको छ । निर्वाचन हारेका र फेरी पनि हार्ने निश्चित जस्तै भएका वरिष्ठ नेता रामचन्द्र पौडेल भने सडक आन्दोलनमा जानुपर्ने पक्षमा देखिनु भएको छ ।

पौडेलकै पक्षमा देखिनु भएका गगन थापाले भने यसअघि नै सर्वोच्च अदालतले के फैसला गर्छ होइन् । कांग्रेसले यो फैसला गर्यो त्यही अनुसार गर भनेर दवाव दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिईसक्नु भएको छ । तर, यहाँ भित्री कुरा बुझ्न केही तथ्य राख्नुपर्ने हुन्छ ।
उखु किसानको धर्नामा बसेर उठ्नु भएका पौडेल र प्रचण्ड–नेपालबीच गोप्य छलफल भएको थियो । उक्त छलफलका विषयमा दुवै पक्षले केही नबताएपनि पौडेललाई प्रचण्डले राष्ट्रपति बनाउने आश्वासन दिनु भएको छ । उहाँले आफुलाई प्रधानमन्त्रीमा सहयोग गरे राष्ट्रपति बनाउने बचन दिनु भएको हो ।
राष्ट्रपति कसरी बनाउने भन्ने बारेमा दुवै पक्षले बुझ्न र बुझाउन सकेका छैनन् । तर, प्रचण्ड–नेपाल पक्ष संसद ब्युतिए राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने पक्षमा अडिग छन् । महाअभियोग लगाएपनि संसदको दुईतिहाई मतले त्यसलाई पारित गर्नुपर्छ । प्रचण्ड–नेपाल पक्षले दिएकै सांसदको आकंडालाई मान्ने हो र ओली पक्षको नेकपा बाहेक अन्यले त्यसलाई समर्थन गर्ने हो भने पनि दुई तिहाई पुग्दैन ।
कांग्रेसकै कतिपय नेतापनि जनताबाट रामचन्द्र दाई पराजित हुने देखेर राष्ट्रपतिको लालसामा फस्नुभएको बताउछन् । पौडेललाई तनहुँबाट चुनाव जित्न किन पनि सजिलो छैन भने त्यहाँ गोविन्दराज जोशी समेत रहनु भएको छ । जोशी र पौडेलबीच ३६ को सम्बन्ध रहेको र ओली पक्षका सांसद किसान श्रेष्ठको त्यहाँ दह्रो पकट रहेको छ । त्यसैले पनि पौडेल निर्वाचनमा जान डराउनु हुन्छ ।




