advertisement

दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए ।

" /> बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, अन्य ३ जना घाइते - Sarbocha Media

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, अन्य ३ जना घाइते

`

     २०७७ पौष ०९ गते ३:१०

कैलाली,९ पुस । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान करिब १ सय ५० मिटर तल खसेको हो ।

दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडी दुर्घटनामा अन्य ३ जना घाइते भएका र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडी पुर्चौडी नगरपालिका ४ भटनाका अन्दाजी ४० वर्षीय गंगादत्त भट्ट र सोही ठाउँका ३५ वर्षीय जनक भट्टको अवस्था गम्भीर छ । उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको बताइएको छ ।

advertisement

दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?