काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक आज दुई छुट्टा छुट्टै ठाउँमा बस्दैछ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक भने विहान ९ बजेका लागि बोलाए, भने उता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले दिउँसो १ बजेकालागि केन्द्रीय कमिटी बैठक आव्हान गरेको छ ।
नेकपाको अलग अलग बैठक हुन थालेपछि पार्टी अनौपचारिक रुपमा फुटको संघारमा पुगिसकेको देखिन्छ । तर औपचारिकरुपमा घोषणा भने हुन बाँकी रहेको छ ।
प्रचण्ड पक्षको बैठकमा आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै पार्टीबाट कारवाही गर्ने कार्यसूची तय भएको जनाइएको छ ।

यता अध्यक्ष ओलीले आफूलाई प्रचण्ड पक्षको भेलाले कारवाही गर्न नसक्ने वल्की विश्वलाई हँसाउने नौटङ्की गर्न लागेको टिप्पणी गरेका छन् ।




