advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा बोलाएको उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाइने बताइएको छ।

हिजो आइतबार नै कांग्रेस नेकपाका नेताहरु र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेर संसद विघटनविरुद्ध संयुक्त विरोध कार्यक्रम तयार पार्ने निर्णय गरेका थिए।

आइतबारको छलफलमा सभापति देउवा सहभागी थिएनन्। आइतबार कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, दाहाल–नेपाल पक्षको तर्फबाट नारायणकाजी श्रेष्ठ र जसपाको तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्रीको कदम विरुद्ध संयुक्त विरोध कार्यक्रम तय गर्ने बताएका थिए।

" /> कांग्रेसको आह्‍वानमा सानेपामा सर्वदलीय बैठक, प्रचण्ड र माधवकुमार नेपाल पनि पुगे - Sarbocha Media

कांग्रेसको आह्‍वानमा सानेपामा सर्वदलीय बैठक, प्रचण्ड र माधवकुमार नेपाल पनि पुगे

`

     २०७७ पौष ०६ गते १२:०९

काठमाडौं, ६ पुष ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकको सानेपामा सुरु भएको छ। नयाँ बानेश्‍वरमा आफूनिकट नेताहरुसँग छलफल गरेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि सानेपा पुगेका छन्।

त्यसैगरी नेताहरु वर्षमान पुन, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सानेपा पुगिसकेका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा जनता समाजवादी पार्टीका नेताहरु आउने क्रममा रहेका छन्।

advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा बोलाएको उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाइने बताइएको छ।

हिजो आइतबार नै कांग्रेस नेकपाका नेताहरु र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेर संसद विघटनविरुद्ध संयुक्त विरोध कार्यक्रम तयार पार्ने निर्णय गरेका थिए।

आइतबारको छलफलमा सभापति देउवा सहभागी थिएनन्। आइतबार कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, दाहाल–नेपाल पक्षको तर्फबाट नारायणकाजी श्रेष्ठ र जसपाको तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्रीको कदम विरुद्ध संयुक्त विरोध कार्यक्रम तय गर्ने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?