एजेन्सी, ६ पुस । यूकेको यात्रमा थुप्रै देशहरूले प्रतिबन्ध घोषणा गर्न थालेका छन्। त्यहाँ नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिकपछि थुप्रै देशहरूले प्रतिबन्ध घोषणा गर्न थालेको जनाइएको छ ।
आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्। देश अनुसार कदमहरू केही फरक छन्। फ्रान्सेली कदमबाट युरोटनेलमार्फत् हुने रेल सेवा पनि प्रभावित भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग नजिकको सम्पर्कमाु रहेको जनाएको छ। पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ। यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ।

यूकेमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात् उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ।




