काठमाडौं, ३ पुष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गरेका छन् । राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग भट्टराईले गरेका हुन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने आरोप भट्टराईले लगाएका छन् । संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास प्रस्तावमार्फत् हटाउन खुट्टा कपाए इतिहासले क्षमा नगर्ने पनि उनको भनाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराई लेखेका छन्, ‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके । अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है !’




