advertisement

ग्रयाण्ड फिनालेको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेंडाको गिदीलगायतका परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि ’सर्भ’ गरेका थिए । संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो ।

सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोष देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । १५ वर्षकै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि प्रतिष्ठित मिसेलिन स्टार रेष्टुरेन्टहरुबाट समेत अनुभव बटुलेका छन् ।

नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने बताएका छन् । प्रतियोगिताको सुरुदेखिकै एपिसोडबाट निर्णायकहरुको उत्साहजनक प्रतिक्रिया पाउँदै आएका सन्तोषलाई धेरैले उपाधिकै दाबेदारका रुपमा चर्चा गरेका थिए ।

‘उपाधि हात नपरे पनि म कति दुःखी छैन’, प्रतियोगिताको अन्तिम नतिजापछि उनले भने, ‘किनकी मैले कहिले पनि मास्टर सेफलाई एक प्रतियोगिताको रुपमा मात्र लिएको छैन । यो त मेरो लागि विश्वमाझ हाम्रो नेपाली खाना चिनाउने एउटा अवसर थियो । जसलाई सक्दो सदुपयोग गर्ने मौका पाएकोमा म निकै खुशी छु ।’

मास्टर सेफको यात्रामा बिताएका हरेक क्षणलाई यादगार मान्ने सन्तोषले आफ्नै आमालाई खाना बनाउँदाको एपिसोड सबैभन्दा विशेष बनेको बताउँछन् । संसारभरका नेपालीबाट प्राप्त माया र शुभेच्छालाई पनि आफूले कहिल्यै भुल्न नसक्ने उनले बताएका छन् ।

एकजना निर्णायकले त सन्तोषले बनाएको खान पाउँदा आफू धन्य भएको समेत बताइन् । अर्काले भने, ‘सन्तोष तिम्री आमा यहाँ भएको भए आज म गर्वले अंगालो हाल्थें ।’ उनले आमालाई सम्झँदै भने, ‘मेरो बाल्यकाल धेरै दुःख र गरिबीमा बित्यो । अब म ती दिनहरु फेर्न चाहन्छु, मेरी आमालाई सुख दिन चाहन्छु ।’

" /> नेपाली खाना विश्वमाझ चिनाउँदै सन्तोष बने ‘बीबीसी मास्टर सेफ’ को उपविजेता - Sarbocha Media

नेपाली खाना विश्वमाझ चिनाउँदै सन्तोष बने ‘बीबीसी मास्टर सेफ’ को उपविजेता

`

     २०७७ पौष ०३ गते ९:००

काठमाडौं, ३ पुष । बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष साह उपविजेता बनेका छन् ।

बिहीबार बेलुका सम्पन्न प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ उपविजेता बने । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरुले भाग लिएको प्रतिस्पर्धाको ग्रयाण्ड फिनालेसम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि थिए ।

ग्रयाण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बनेका हुन । उनको प्रस्तुतिअघि उनकै बारेमा बीबीसीले तयार पारेको एक भिडियो बजाइएको थियो जसमा उनले नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

advertisement

ग्रयाण्ड फिनालेको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेंडाको गिदीलगायतका परिकार पकाएर चरेशको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ’ऐला’ पनि ’सर्भ’ गरेका थिए । संसारभर प्रतिष्ठित बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो ।

सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचार लगायतका दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका सन्तोष देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । १५ वर्षकै उमेरमा भारत पसेका सिरहा कर्जन्हाका सन्तोष लामो संघर्ष र मेहनतपछि यो स्थानसम्म आइपुगेका हुन् । यसक्रममा उनले भारत तथा बेलायतका पाँचतारे होटेलदेखि प्रतिष्ठित मिसेलिन स्टार रेष्टुरेन्टहरुबाट समेत अनुभव बटुलेका छन् ।

नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने बताएका छन् । प्रतियोगिताको सुरुदेखिकै एपिसोडबाट निर्णायकहरुको उत्साहजनक प्रतिक्रिया पाउँदै आएका सन्तोषलाई धेरैले उपाधिकै दाबेदारका रुपमा चर्चा गरेका थिए ।

‘उपाधि हात नपरे पनि म कति दुःखी छैन’, प्रतियोगिताको अन्तिम नतिजापछि उनले भने, ‘किनकी मैले कहिले पनि मास्टर सेफलाई एक प्रतियोगिताको रुपमा मात्र लिएको छैन । यो त मेरो लागि विश्वमाझ हाम्रो नेपाली खाना चिनाउने एउटा अवसर थियो । जसलाई सक्दो सदुपयोग गर्ने मौका पाएकोमा म निकै खुशी छु ।’

मास्टर सेफको यात्रामा बिताएका हरेक क्षणलाई यादगार मान्ने सन्तोषले आफ्नै आमालाई खाना बनाउँदाको एपिसोड सबैभन्दा विशेष बनेको बताउँछन् । संसारभरका नेपालीबाट प्राप्त माया र शुभेच्छालाई पनि आफूले कहिल्यै भुल्न नसक्ने उनले बताएका छन् ।

एकजना निर्णायकले त सन्तोषले बनाएको खान पाउँदा आफू धन्य भएको समेत बताइन् । अर्काले भने, ‘सन्तोष तिम्री आमा यहाँ भएको भए आज म गर्वले अंगालो हाल्थें ।’ उनले आमालाई सम्झँदै भने, ‘मेरो बाल्यकाल धेरै दुःख र गरिबीमा बित्यो । अब म ती दिनहरु फेर्न चाहन्छु, मेरी आमालाई सुख दिन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?