advertisement

संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने प्राबधान रहे पनि पार्टी एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए । गुरुङले प्रधानमन्त्रीले राजीनामा मागेको स्वीकार गरेका छन् ।

" /> प्रधानमन्त्रीले मागे प्रमुख सचेतक गुरुङको राजीनामा - Sarbocha Media

प्रधानमन्त्रीले मागे प्रमुख सचेतक गुरुङको राजीनामा

`

     २०७७ मंसिर ३० गते ९:०४

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।

प्रधानमन्त्री ओलीले गुरुङलाई बोलाएरै सत्तापक्षको प्रमुख सचेतको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै राजीनामा मागेको स्रोतले जनाएको छ । उनलाई केही दिनअघि नै राजीनामा दिन भनिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

advertisement

संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने प्राबधान रहे पनि पार्टी एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए । गुरुङले प्रधानमन्त्रीले राजीनामा मागेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?