काठमाडौंको कीर्तिपुरमा टिप्पर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालकको ज्यान गयो

`

     २०७७ मंसिर ३० गते ४:१४

काठमाडौं, ३० मंसिर । काठमाडौंको कीर्तिपुरमा टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालकको ज्यान गएको छ।

कीर्तिपुर नगरपालिका – ६ चोभारमा भएको दुर्घटनामा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको जनायएको छ ।

गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?