काठमाडौं, ३० मंसिर । काठमाडौंको कीर्तिपुरमा टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालकको ज्यान गएको छ।
कीर्तिपुर नगरपालिका – ६ चोभारमा भएको दुर्घटनामा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको जनायएको छ ।
गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।




