विराटनगर, २८ मंसिर। नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी ओलीलाई विधि, प्रकृया र अचरणको सर्टिफिकेट दिने हैसियत नेताहरुसँग नरहेको बताएका छन् ।

आयोजित पत्रकार भेटघाटमा भेला भएकाहरुलाई सम्वोधन र संयोजन गर्दै प्रदेशमा आउनुभएका नेता बास्कोटाले आज बिहान आयोजित पत्रकार भेटघाटमा केपी ओलीलाई नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिके दिने जिकिर गर्नुभयो । ‘प्रधानमन्त्री केपी ओलीलाई साथीहरुले दिने ? त्यो सम्भव छैन,’ बास्कोटाले भन्नुभयो केपी ओलीलाई नेपाली जनताले क्यारेक्टर सर्टिफिकेट दिन्छन् ।’
पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धत्ति बसाउन खोजिएकोप्रति उहाँले विरोध गर्दै। उनले भने, बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने दावी गर्दै त्यसतर्फ जाने हो भने आउने चुनौति पार्टीहरुले व्यहोर्न तयार हुनुपर्ने हुन्छ । ‘यदि दुर्घटना गराउने हो भने अल्पमत बहुमत गरौं, नगरी भएको छैन कसैलाई भने गरौं,’ उहाँले भन्नुभयो ‘दुर्घटना नै गर्ने हो भने रामराम भनौं, ऐया न आत्था ।’ त्यसपछि पुस्तान्तरणको कुरा उठेको छ नयाँ पुस्ताले पार्टी नयाँ ढंगले चलाउँछ ।’
पार्टीभित्र विवाद भयो भन्दैमा प्रधान्मन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने उहाँले बताउनुभयो ।




