काठमाडौं, २८ मंसिर । उखु किसानले आन्दोलन सुरु गरेका छन् ।
सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् । आइतबारदेखि उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् ।

उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।




