एजेन्सी, २७ मंसिर । अमेरिकी सर्वोच्च अदालतले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको चार राज्यमा निर्वाचन परिणाम खारेज गर्ने प्रयासलाई अस्वीकार गरेको छ।
जो बिडेनको जर्जिया, मिशिगन, पेनसिल्भेनिया र विस्कान्सिनको चुनाव नतीजा अमान्य हुनु पर्ने ट्रम्प चाहान्छन् । यस मुद्दालाई १२ राज्यका महाधिवक्ता र कांग्रेसका १२७ रिपब्लिकन सदस्यहरूले समर्थन गरेका थिए।

तर सर्वोच्च अदालतले भन्यो, टेक्सासको कुनै कानूनी आधार छैन जसद्वारा सर्वोच्च अदालतमा यो मुद्दा चलाउन सक्छ।




