advertisement

‘महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल आउनु भएको हो, त्यो अवसरमा प्रधानमन्त्रीलाई पनि भेट गर्नु भएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको हाम्रो सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भयो ।’

गत वर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो । तर गत अगस्त १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ताहरु पुनः शुरु भएका छन् ।

दुई प्रधानमन्त्रीबीच भएको फोनवार्तापछि भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए । त्यसपछि भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपालको औपचारिक भ्रमण गरेका थिए ।

" /> ‘भाजपा’ विदेश विभाग प्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटघाट - Sarbocha Media

‘भाजपा’ विदेश विभाग प्रमुख काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटघाट

`

     २०७७ मंसिर २५ गते १०:२६

काठमाडौं, २५ मंसिर । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् ।

भारतीय विदेश सचिव नेपालको भ्रमण सम्पन्न गरेर फर्केको दुई हप्ता बित्न नपाउँदै भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका हुन् ।

उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको जानकारी दिए । उनी नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा नेपाल आएको बुझिएको छ ।

advertisement

‘महासचिव विष्णु पौडेलको निमन्त्रणामा नेपाल आउनु भएको हो, त्यो अवसरमा प्रधानमन्त्रीलाई पनि भेट गर्नु भएको हो,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको हाम्रो सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमै केन्द्रित रहेर कुराकानी भयो ।’

गत वर्षदेखि नेपाल र भारतबीच सीमा विषयमा विवाद हुँदा दुई देशका नेताहरुबीच पनि संवाद तथा भेटवार्ता केहि महिना रोकिएको थियो । तर गत अगस्त १५ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएपछि भने भारत र नेपालबीच बिभिन्न तहमा आपसी भ्रमण र वार्ताहरु पुनः शुरु भएका छन् ।

दुई प्रधानमन्त्रीबीच भएको फोनवार्तापछि भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए । त्यसपछि भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपालको औपचारिक भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?