advertisement

वार्तापछि प्रचण्डले ओलीलाई फकाएर बैठकमा सामेल गराउन सफल भए पनि ओलीले त्यसको भोलीपल्ट तय गरिएको स्थायी कमिटि बैठकमा सामेल नहुने घोषणा गरेका थिए।

आफ्नो पूर्वअडान अनुसार ओली २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको स्थायी कमिटि बैठकमा सहभागि भएनन्, तर उनले पत्र पठाएर आफ्नो अडान दोहोर्‍याएका थिए।

ओलीले आफूविरुद्ध प्रचण्डले पेश गरेको ‘आरोपपत्र’ माथिको छलफल कमिटी बैठकको एजेण्डा बन्न नसक्ने र त्यो फिर्ता गर्नुपर्ने अडान कायमै राखेका थिए।

ओलीसँग सहमति हुने सम्भावनाका साथ बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको थियो।

" /> ओली-प्रचण्ड भेट, भएन कुनै ठोस सहमति - Sarbocha Media

ओली-प्रचण्ड भेट, भएन कुनै ठोस सहमति

`

     २०७७ मंसिर २४ गते १२:५६

काठमाडौँ, २४ मंसिर । वारपारको लडाईँमा उत्रिएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार संवाद भए पनि सहमतिमा पुग्न उनीहरु असफल भएको बुझिएको छ।

प्रचण्ड मगंलबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेको र उनले ओलीसँग करिव एक घण्टा छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। प्रचण्ड र ओलीले यही मंसिर २० गते सचिवालय बैठक अघि वान टू वान वार्ता गरेका थिए।

advertisement

वार्तापछि प्रचण्डले ओलीलाई फकाएर बैठकमा सामेल गराउन सफल भए पनि ओलीले त्यसको भोलीपल्ट तय गरिएको स्थायी कमिटि बैठकमा सामेल नहुने घोषणा गरेका थिए।

आफ्नो पूर्वअडान अनुसार ओली २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको स्थायी कमिटि बैठकमा सहभागि भएनन्, तर उनले पत्र पठाएर आफ्नो अडान दोहोर्‍याएका थिए।

ओलीले आफूविरुद्ध प्रचण्डले पेश गरेको ‘आरोपपत्र’ माथिको छलफल कमिटी बैठकको एजेण्डा बन्न नसक्ने र त्यो फिर्ता गर्नुपर्ने अडान कायमै राखेका थिए।

ओलीसँग सहमति हुने सम्भावनाका साथ बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?