काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ९ मा शुभकामना सन्देश दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले आजको दिनले सबै जनालाई भ्रष्टाचार मुक्त समाज निमार्ण गर्न आ– आफ्नो स्थानबाट थप प्रेरणा मिल्ने बताउनुभएको छ । उहाँले जोकोहीलाई पनि कानूनी दायरामा ल्याउनै पर्ने बताएउनु भएको छ ।
उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख पनि गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्दछ । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन् । भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’

प्रधानमन्त्री ओलीले ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हो र क्षम्य हुन नसक्ने भन्दै सरकार यसमा स्पष्ट रहेको बताउनुभएको छ।




