काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार तनहुँकाे व्यास नगरपालिकाकाे १ नम्बर र ११ नम्बर वडा जाेड्ने पुलको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा सैयाैंकाे संख्यामा कांग्रेस कार्यकर्तासहित स्थानीय उपस्थित थिए । उनीहरूले नेकपाकाे विरूद्धमा नाराबाजी समेत गरेका छन् ।

बुधबार कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको भन्दै गिरफ्तार गरेको थियो । केही घन्टा नियन्त्रणमा लिएर साँझै पौडेललाई प्रहरीले रिहा गरेको थियाे ।
पाैडेल गिरफ्तारीको विरोधमा काठमाडाैं, दमौली, बाग्लुड, पोखरामा लगायतका ठाउँमा विरोध प्रदर्शन गरिएको थियाे ।




