advertisement

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्। ‘भर्खंर प्रहरी परिचालन गरेर मलाई र तनहुँ जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु,’ उनले भने, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

आज पौडेलले तनहुँ व्यासस्थित तालघरे-दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो। पुल उद्घाटन नेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो। तर निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले युवा संघका पाँच जना कार्यकर्तालाई पनि बुधबार पक्राउ गरेको छ। संघीय सरकारले पठाएका बजेटबाट बनाइएका योजनामा धमाधम पौडेलले उद्घाटन गरेको भन्दै नेकपाले विरोध गरिरहेको छ।

" /> नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ - Sarbocha Media

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

`

     २०७७ मंसिर १७ गते १०:४२

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

निषेधाज्ञा तोडेपछि पौडेललाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए। ‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखियो। उहाँ घाइते हुन सक्ने भएर पनि सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको हो। उहाँले निषेधाज्ञा पनि तोड्नुभयो,’ उनले भने।

advertisement

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्। ‘भर्खंर प्रहरी परिचालन गरेर मलाई र तनहुँ जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु,’ उनले भने, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

आज पौडेलले तनहुँ व्यासस्थित तालघरे-दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो। पुल उद्घाटन नेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो। तर निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले युवा संघका पाँच जना कार्यकर्तालाई पनि बुधबार पक्राउ गरेको छ। संघीय सरकारले पठाएका बजेटबाट बनाइएका योजनामा धमाधम पौडेलले उद्घाटन गरेको भन्दै नेकपाले विरोध गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?