काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक केही समय अघि सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताएका थिए । तर, बहुमत सदस्य ओलीको सहभागिताबिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली बैठकमा सहभागी भएका हुन् ।

ओली बैठकमा बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक एक घण्टा सारिएको थियो । मंगलबार बसेको सचिवालय बैठकले आज १ बजेका लागि अर्को बैठक निर्धारण गरेको थियो ।
मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको थियो । आजको सचिवालय बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुने बताइएकाे छ ।




