कैलाली, १७ मंसिर । प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेकाहरु जना कारागार चलान भएका छन्।
कैलालीको धनगढीमा बिक र साउदको हत्या अभियोगमा नियन्त्रणमा लिएका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जनाइएको छ।
मङ्गलबार जिल्ला अदालत कैलालीमा थुनछेक बहस भएको थिायो । उक्त बहसपछि हत्या अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।

कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो ।




